
रोनाल्डोको आवश्यकता पोर्चुगललाई अब कम हुँदै गएको हो?
क्रिस्टियानो रोनाल्डोको आवश्यकता पोर्चुगललाई अब कम हुँदै गएको हो?
यूईएफए नेसन्स लिगका पछिल्ला दुई खेलपछि यस्तो प्रश्न उठ्न थालेको छ। पोर्चुगलको टोलीमा रहे पनि रोनाल्डो पछिल्ला खेलमा मैदानमा देखिनेभन्दा आफ्नो भूमिकाका कारण चर्चामा छन्।
वेल्सविरुद्ध १–० को जितमा रोनाल्डोले गरेको एक गोल अफसाइडका कारण रद्द भएको थियो। त्यसपछि पोस्टको ठीक अगाडिबाट उनले पाएको अर्को अवसरमा बल पोस्टमाथिबाट बाहिर गएको थियो। खेल सकिन २५ मिनेट बाँकी रहँदा उनलाई प्रशिक्षक जर्ज जेसुसले मैदानबाट बाहिर निकालेका थिए।
जेसुसले रोनाल्डोलाई बाहिर निकाल्नुको कारणबारे भनेका थिए,‘खेलको अवस्थाले त्यसको माग गरिरहेको थियो। त्यतिबेला अझै २५ मिनेट बाँकी थियो। रामोसजस्तै विपक्षीमाथि दबाब सिर्जना गर्न सक्ने क्षमताको खेलाडी मलाई आवश्यक थियो।’