सोमबार, ११ आश्विन २०८३

FacebookInstagramYoutube
Logo
Open menu

अफगानिस्तानमाथि नेपालको सहज जित

अफगानिस्तानमाथि नेपालको सहज जित

अफगानिस्तानमाथि नेपालको सहज जित

September 28, 2026

काठमाडौं– जापानमा जारी २०औं एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको छ।


कोरोगी एथलेटिक पार्कमा शुक्रबार भएको समूह ‘ए’को खेलमा अफगानिस्तानले दिएको १०३ रनको लक्ष्य नेपालले १७.२ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।


नेपालको जितमा सन्दीप जोराले ३४ रन बनाए। रोहित पौडेल ३३ रनमा अविजित रहे भने कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए। अफगानिस्तानविरुद्ध नेपालले सुरुवातमा विकेट गुमाए पनि जोराको आक्रामक ब्याटिङ र रोहितको संयमित खेलले जित सहज बनाएको थियो।


यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनाएको थियो। नेपालका कुशल भुर्तेलले ४ तथा ललित राजवंशीले ३ विकेट लिए।


यो जितसँगै नेपालले समूह ‘ए’मा दुई अंक जोडेको छ। समूहको अर्को खेलमा नेपालले जापानसँग खेल्नेछ।