सोमबार, ११ आश्विन २०८३

FacebookInstagramYoutube
Logo
Open menu

नेपाल क्वार्टरफाइनलमा

नेपाल क्वार्टरफाइनलमा

नेपाल क्वार्टरफाइनलमा

September 28, 2026

काठमाडौं। नेपाल एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।


शनिबार समूह ‘ए’ को अन्तिम खेलमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले घरेलु टोली जापानलाई निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १५० रनको विशाल लक्ष्य दिएको थियो।


तर, नेपालको इनिङ्स सकिएपछि वर्षा भयो। खेल पुन: सुरु हुन नसकेपछि दुवै टोलीले अंक बाँढेका हुन्। योसँगै नेपाल ३ अंकसहित समूह ‘ए’को शीर्षस्थानमा रहेर क्वार्टरफाइनलमा पुगेको छ।


नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले भने पहिलो खेलमा जापानलाई हराएको थियो। जापान बाहिरिदा अफगानिस्तान भने समूह चरणको दोस्रो स्थानमा रहँदै क्वार्टरफाइनमा पुगेको छ।


त्यसअघि नेपालका सन्दीप जोराले सर्वाधिक ५७ रन बनाए। उनले ३२ बलको सामना गर्दै पाँच चौका र तीन छक्का प्रहार गरे , उनी नटआउट रहे।


यस्तै, लोकेश बमले आक्रामक ब्याटिङ गर्दै २२ बलमा ५२ रन बनाए। उनले ६ छक्का र एक चौका प्रहार गरे। बमले खेलको अन्तिम बलमा अर्धशतक पूरा गरेका हुन्।


ओपनर आशिफ शेखले १५ बलमा २१ रन बनाए। कुशल भुर्तेल १२ बलमा चार रन बनाएर आउट भए। त्यस्तै, कुशल मल्ल र गुल्सन झा समान दुई रनमा पवेलियन फर्किए।