सोमबार, ११ आश्विन २०८३

FacebookInstagramYoutube
Logo
Open menu

काठमाडौं गोर्खाजको प्रायोजक बन्यो ‘सेन्चुरी’

काठमाडौं गोर्खाजको प्रायोजक बन्यो ‘सेन्चुरी’

काठमाडौं गोर्खाजको प्रायोजक बन्यो ‘सेन्चुरी’

September 28, 2026

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ का लागि काठमाडौं गोर्खाजले दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स प्रालिको ब्रान्ड ‘सेन्चुरी’लाई प्रायोजकका रूपमा अनुबन्ध गरेको छ।


साझेदारीअन्तर्गत प्रतियोगिताभर काठमाडौं गोर्खाजको आधिकारिक जर्सीको छाती तथा खेलाडीहरूको हेल्मेट र क्यापमा ‘सेन्चुरी’को लोगो राखिनेछ।


साझेदारीबारे काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले सेन्चुरीलाई टोलीसँग जोड्न पाउँदा खुसी व्यक्त गरे। उनले सेन्चुरीलाई नेपालको स्थापित र विश्वासिलो ब्रान्डका रूपमा उल्लेख गर्दै जर्सी र हेल्मेटमा ब्रान्डको लोगो राखिनुले नेपाली उद्यम र खेलकुद क्षेत्रबीचको सहकार्यलाई झल्काउने बताए।


दुगड स्पाइसेज एन्ड फुड प्रडक्ट्स प्रालिका प्रबन्ध निर्देशक आदित्य दुगडले क्रिकेटले नेपाललाई एउटै भावनामा बाँध्ने गरेको बताउँदै काठमाडौं गोर्खाजसँगको साझेदारीले देशभरका प्रशंसकसँग जोडिने अवसर प्रदान गर्ने बताए। उनले सेन्चुरीमार्फत एनपीएल सिजन ३ को उत्साहमा सहभागी हुँदै टोलीको यात्रामा साथ दिन आफूहरू उत्सुक रहेको बताए।


काठमाडौं गोर्खाज एनपीएलमा प्रतिस्पर्धा गर्ने व्यावसायिक फ्रेन्चाइज टोली हो। टोलीले घरेलु क्रिकेटमा उत्कृष्ट प्रतिभालाई अघि बढाउने लक्ष्यसहित काठमाडौंको प्रतिनिधित्व गर्दै आएको जनाएको छ।